६ बैशाख २०८१, बिहिबार

काँग्रेस प्रदेश १ सभापतिमा २ जनाको उम्मेदवारी, आज मतदान हुँदै


कांग्रेस महाधिवेशन

मोरङ । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो दुई जनाले मनोनयनपत्र दर्ता गरेका थिए । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिएका छन् ।

यसैगरी दुई उपसभापतिका लागि गोविन्द ढुङ्गाना, रमेजजङ्ग रायमाझी, टङ्क राई र विश्वनाथ रिजालले उम्मेदवारी दिएका छन् । दुई महामन्त्रीका लागि दिपेन श्रेष्ठ, भुपेन्द्र राई, उमेश थापा र पदमसुन्दर पालुङगले मनोनयन दर्ता गरेका छन् । सहमहामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

उक्त पदका लागि आज बिहान ८ बजेदेखि मतदान शुरु हुने काँग्रेस मोरङका सचिव मोदराज घिमिरेले बताए । प्रतिनिधि छान्नका लागि १७०० प्रदेश प्रतिनिधिले मतदान गर्ने छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !