८ बैशाख २०८१, शनिबार

पदबहाली गर्दै एमाले अध्यक्ष ओलीले भने- ताजा जनादेशमा जाऔं


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका पुनः निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पदबहाली गर्दै ताजा जनादेशमा जान आग्रह गरेका छन् । चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा निर्वाचित भएका ओलीले शुक्रबार पार्टी कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्न ताजा जनादेशमा जानुपर्ने बताएका हुन् ।

अध्यक्ष ओलीले देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब ताजा जनादेशमा जानुको विकल्प नरहेको बताएका हुन् । उनले न्यायालयमा देखिएको विवाद ५ दलीय गठबन्धनको विसंगतिको प्रतिबिम्व रहेको भन्दै गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप समेत लगाए ।

वर्तमान देउवा सरकारले देशको समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिए । यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै अध्यक्ष ओलीले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !