७ मंसिर २०८१, शुक्रबार

बागमती सभापतिको उम्मेदवारी घोषणा गर्दै भीमसेनदाले भने- मलाई देउवा र सिटौलाको साथ छ


भीमसेनदास प्रधान

काठमाडौं । नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले बागमती प्रदेश पार्टी सभापतिको उम्मेदवारी घोषणा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर प्रधानले उम्मेदवारी घोषणा गरेका हुन् ।

‘म बागमतीप्रदेशको पार्टी नेतृत्वहाँक्ने क्षमता राख्छु त्यसेले उम्मेदवारी घोषणा गर्छु,’ प्रधानले भने,‘म पार्टीका साथीहरुसँग निकै घुलमिलमा छु त्यसैले समर्थन पाउँछु ।’ उनले आफूलाई सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको साथ रहेको बताए । उनले देउवा र सिटौलाले कुरा गरेर आफूलाई बढाएको बताए ।

प्रधानले निष्ठाको राजनीतिकगर्दैआएको बताए । उनले भने,‘म निष्ठाको राजनीतिबाटडग्दिनँ । यसकारणपनि साथीहरुको माया र मत पाउँछु ।’ गणेशमान सिंहको शालिक अगाडि शान्ति बाटिकामा उभिएर आफूले उम्मेदवारी दिने घोषणा गरेर आज उपस्थित भएको सुनाए ।

आफूले बागमती प्रदेशका सभापतिका आकांक्षी इन्द्र बाँनियासँग पनि कुराकानी गरेको बताए । आफूलाई बाँनियाले छाड्ने विश्वास व्यक्त गरे । उनले भने,‘इन्द्र बाँनिया र मेरोबीच कुराकानीभएको छ । आशा छ उहाँले मलाई छाड्नुहुनेछ ।’

आफू काठमाडौं उपत्यकाको स्थानीय भएको र बागमती प्रदेशका २१४५ मतमध्ये झण्डै आधा ९ सय मत यही भएकाले जित्ने आधार भएको तर्क गरे । पार्टीमा सहमति, सहकार्य र एकताको खाँचो भएको स्मरण गराउँदै त्यसमा आफूले भूमिका खेल्ने बताए । सबैले सहमति गरेर आफूलाई विजयी गराउने विश्वास व्यक्त गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !