२० जेष्ठ २०८१, आइतबार

एमालेका नवनिर्वाचित अध्यक्ष ओली र पदाधिकारीले लिए शपथ


शपथ

चितवन । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुन: केपी शर्मा ओलीलाई निर्वाचित गरेको थियो ।

बन्दसत्रमा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले नवर्विाचित अध्यक्ष ओलीलाई सो पदको शपथ गराए । अन्य पदाधिकारी र सदस्यलाई अध्यक्ष ओलीले शपथ गराए । कूल खसेको २०९६ मध्ये अध्यक्ष ओलीले १८३७ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।

महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधि रहेका थिए । निर्वाचनमा उपाध्यक्षहरुमा अष्टलक्ष्मी शाक्य लगायत ६ जना निर्वाचित हुनुभएको छ भने सो पदमा घनश्याम भुसाल पराजित भएका छन् ।

सो पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार उपाध्यक्षहरुमध्ये शाक्यले एक हजार ९७६, सुरेन्द्र पाण्डेले एक हजार ९२५, सुवास नेम्बाङले एक हजार ८६५, विष्णु पौडेलले एक हजार ८५६, युवराज ज्ञवालीले एक हजार ८४२, रामबहादुर थापा बादलले एक हजार ७६८ मत प्राप्त गरेका छन् । भुसालले ७२५ मत प्राप्त गरेका थिए ।

वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शङ्कर पोखरे ललगायत पदाधिकारी भने निर्विरोध निर्वाचितगरेका छन् । तीन उपमहासचिवमा प्रदीपकुमार ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित गरेका छन् । सचिवमा गोकर्ण विष्ट, योगेश भट्टराई, टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट र पद्यमा अर्याल विजयी गरेका छन् ।

सो पार्टीको केन्द्रीय लेखा आयोगको अध्यक्षमा डा. पुष्पराज कँडेल र केन्द्रीय अनुशासन आयोगको अध्यक्षमा केशव वडाल निर्वाचित भएका छन् । यही मङ्सिर १० गतेदेखि चितवनको सौराहामा सुरु महाधिवेशनमा गए राति भएको मतदानमा ओलीका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले दुई सय २३ मत प्राप्त गरेका थिए । विद्युतीय भोटिङ मेसिनका आधारमा गरिएको मतदान र गणनाका करण छिट्टै परिणाम निस्किएको हो ।

महाधिवेशनको बन्दसत्रको पहिलो दिन यही मङ्सिर ११ गते अध्यक्ष मण्डलका अध्यक्ष ओलीलाई ३०१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यका उम्मेदवारको नामावली प्रस्तुत गर्न अधिकार दिएको थियो । अध्यक्ष ओलीले विभिन्न नेताहरुसँगको परामर्शमा १२ गतेको बन्दसत्रमा नामावली प्रस्तुत गर्दा अधिकांशले सहमति जनाएकामा डा रावल, नेता घनश्याम भुसाललगायतका नेताले अस्वीकार गरेपछि निर्वाचन भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !