७ बैशाख २०८१, शुक्रबार

एमाले उपाध्यक्षमा शाक्य सर्वाधिक मतले विजयी, भुसाल पराजित


अष्टलक्ष्मी शाक्य

सौराहा । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको १०औं महाधिवेशनबाट उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । उनले १९७६ मत प्राप्त गरेकी छन् भने उपाध्यक्षमा पराजित भएका घनश्याम भूसालले ७२५ मत ल्याएका छन् ।

६ उपाध्यक्षको कोटामा ७ जनाले उम्मेदवारी दिएपछि निर्वाचन भएको थियो । यस्तै उपाध्यक्षमा विष्णु पौडेलले १९२५, सुरेन्द्र पाण्डेले १८५६, सुवास नेम्वाङले १८६५, युवराज ज्ञवालीले १८४२ र रामबहादुर थापाले १७६८ मत ल्याउँदै विजयी भएका छन् । यद्यपि निर्वाचन आयोगले विजयी भएको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

साथै एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनमा भएको एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उम्मेद्वार भीम रावललाई हराएर ओली विजय भएका हुन् । ओलीले १८०८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका अध्यक्षका प्रतिस्पर्धी रावलले २१३ मत प्राप्त गरे ।

यो पनि पढ्नुहोस्

एमाले अध्यक्षमा केपी शर्मा ओली भारी मतले दोस्रो पटक निर्वाचित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !