२१ बैशाख २०८१, शुक्रबार

उम्मेदवारी फिर्ता नलिने भीम रावलको दावी


भीम रावल फाइल फोटो

चितवन । नेकपा एमाले अध्यक्ष पदका उम्मेदवार भीम रावलले आफ्नो उम्मेदवारी फिर्ता नहुने दावी गरेका छन् ।

नेता रावलले महाधिवेशन भनेकै प्रत्येक प्रतिनिधिको चुन्ने र चुनिने पूर्ण सम्मानको थलो भएकाले आफूले उम्मेदवारी फिर्ता नलिने दावी गरे ।

“लोकतन्त्रमा म प्रत्येक आलोचना, टिप्पणीको सम्मान गर्छु । पार्टीमा साथीहरुले आफ्ना कुरा भन्नुहुन्छ, आलोचना गर्नुहुन्छ । त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।” पत्रकारहरुसँग कुरा गर्दै उनले भने।

उनले निर्वाचन हुँदैमा पार्टीमा एकता नहुने भनेर बुझ्न नमिल्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !