२१ बैशाख २०८१, शुक्रबार

एमाले अध्यक्षमा रावलद्वारा उम्मेदवारी दर्ता


भीम रावल

चितवन । नेकपा एमालेको अध्यक्ष पदका लागि भीम रावलले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन प्रकिया सुरु भएलगत्तै बज बिहान रावलले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । स्रोतका अनुसार रावललाई महादेव बजगाईंले प्रस्ताव गरेका छन् भने दुधकला बिष्टले समर्थन गरेकी छन् ।

सोमबार राति अबेर केपी शर्मा ओलीले सर्वसम्मतका लागि आफूलाई अध्यक्ष प्रस्ताव गर्दै पदाधिकारी र केन्द्रीय कमिटी प्रस्ताव गरे पनि रावलले अस्वीकार गरेपछि निर्वाचन भएको हो।

स्रोतका अनुसार घनश्याम भूसालले उपाध्यक्ष र भीम आचार्यले सचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !