२१ बैशाख २०८१, शुक्रबार

राती ७ बजे बैठक गर्नु अलोकतान्त्रिक र धाँधलीको संकेत हो : भीम रावल


भीम रावल

काठमाडौँ । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले १०औँ महाधिवेशनको दोस्रो दिनको बन्दसत्र राती ७ बजे गर्ने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र नभएर धाँधलीको संकेत पनि भएको बताएका छन् ।

सामाजिक संजाल ट्वीटरमा लेख्दै रावलले दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक गर्ने सूचना जारी गरेकोमा आपत्ति प्रकट गरेका छन् । उनले यस्तो कार्यले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्ने बताएका छन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो । यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ ।’

बिहान १० बजे हुने भनिएको नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्र आज साँझ ७ बजेदेखि शुरु हुने भएको छ । चितवनको सौराहामा जारी महाधिवेशनको बन्दसत्र ७ बजेदेखि शुरु हुन लागेको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !