१३ बैशाख २०८१, बिहिबार

सहमतिको खाका बनेको प्रचारमा तामाङद्वारा आपत्ति


शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेमा नेतृत्व सहमतिको आधारमा चयन गर्ने प्रचार भएपछि कार्यालय सचिव शेरबहादुर तामाङले आपत्ति जनाएका छन् । स्रोतका अनुसार सचिव तामाङले अहिलेसम्म त्यस्तो कुनै खाका नबनेको दावी गरेका छन्।

उनले आफूलाई उद्धृत गरी सहमति भएको भनेर गरिएको प्रचारप्रति दुःख जनाएका छन् । उनले आफ्नो हवाला दिएर केही साथीहरुले सहमतिको खाका भनेर गलत समाचार सम्प्रेषण गरेको पाइएको उनले बताए ।

उनले अध्यक्ष केपी शर्मा ओली पदाधिकारीसहित १० औं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रीय कमिटीबारे सहमति जुटाउन छलफलमा भने जुटिरहेको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !