८ बैशाख २०८१, शनिबार

देशी, विदेशी षड्यन्त्रबाट नेकपालाई तीन टुक्रा पारिएको बादलको दावी


चितवन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का स्थायी समिति सदस्य रामबहादुर थापा ‘बादल’ले नेपालका कम्युनिष्टहरुलाई देशी विदेशी शक्तिहरुले तीन टुक्रा पारेको आरोप लगाएका छन् ।

चितवनको सौराहास्थित नारायणी नदी किनारमा आयोजित पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा स्वागत मन्तब्य राख्दै बादलले प्रतिगामीको गुरुयोजनाअनुरूप नेकपा तीन टुक्रामा विभाजन भएको बताएका हुन् ।

बादलले आजको राष्ट्रिय राजनीतिको परिस्थित सहज सामान्य नभएको बताए । उनले जनादेशबाट बनेको सरकारलाई अलोकतान्त्रिक विधि परमादेशबाट विस्थापित गरिएको आरोप लगाए ।

मुलुकको व्यवस्थापिका जनादेशबाट हैन ठाडो अध्यादेशमार्फत सञ्चालित भइरहेको उनले बताए । उनले राष्ट्रियता, गणतन्त्र सङ्घीयता र जनजीविका जोखिममा परेको बताउँदै देशको राजनीति दुई ध्रुवमा बाँडिएको बताए ।

नेता बादलले अहिलेको राष्ट्रिय राजनीति सहज र सामान्य नभएको बताएका हुन् । उनले मुलुकको व्यवस्था संसदबाट होइन ठाडो अध्यादेशबाट भइरहेको बताउदै नीति निर्माण गर्ने संसद् पनि अस्तव्यस्त रहेकोले देशलाई पुनः अस्थिरता र अशान्तितर्फ धकेलिएको बताएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !