८ बैशाख २०८१, शनिबार

राजेन्द्र लिङदेनको दावी : जित्नकै लागि उम्मेदवारी दिएको हुँ, जित्छु


राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री राजेन्द्र लिङ्देनले पार्टी अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । स्रोतका अनुसार दरबारमार्गस्थित एक होटलमा विहीबार पत्रकार सम्मेलन गरेर लिङदेनले अध्यक्षको उम्मेदवार घोषणा गरेका हुन्

लिङदेनलाई अध्यक्षको उम्मेदवार बनाउने घोषणा अर्का नेता धवल शमशेर राणाले सार्वजनिक गरेका हुन् । यसअघि अध्यक्षमा लड्ने चर्चा चलेका नेपालगञ्ज उपमहानगरपालिकामा मेयर समेत रहेका राप्रपा नेता धवलशमशेर जबराले भने अहिले लिङ्देनलाई साथ दिएर राप्रपा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।

राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै लिङ्देनले आफूले जित्नकै लागि अध्यक्षको उम्मेदवार घोषणा गरेको दावी गरेका छन् । उनले भने, ‘जित्नकै लागि उम्मेदवारी दिएको हुँ, जित्छु ।’

लिङ्देनले राप्रपा अध्यक्षमा आफ्नो उम्मेदवारीले नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्रका युवा पुस्ता भन्नेहरूलाई पनि चुनौती दिएको बताएका छन् ।

महाधिवेशनमा लिङ्देनले अध्यक्षका लागि वर्तमान कमल थापासँग प्रतिस्पर्धा गर्नेछन् । धवल शमशेरले लिङदेनलाई साथ दिने भएपछि अब कमल थापालाई राप्रपाको अध्यक्षमा चुनौती सिर्जना भएको छ ।

यो पनि पढ्नुहोस्

राप्रपाको अध्यक्षमा राजेन्द्र लिङ्देनको उम्मेदवारी घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !