६ बैशाख २०८१, बिहिबार

मुख्यमन्त्री शाहीको घोषणा : मुगुको गमगढीका आगलागी पीडितलाई राहत दिने


जीवनबहादुर शाही

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले मुगु जिल्लाको गमगढी आगलागी पीडितका लागि प्रदेश सरकारले तत्काल राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।

हिजो राति मुगुको गमगढी बजारमा भएको आगलागीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मुख्यमन्त्री शाहीले स्थानीय प्रशासनको सिफारिसको आधारमा प्रदेश सरकारले तत्कालै राहत प्याकेज घोषणा गर्ने बताएका हुन् ।

मुख्यमन्त्री शाहीले एक विज्ञप्ति जारी गर्दै तत्कालका लागि अल्पकालीन राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएका छन् । उक्त आगलागीबाट गमगढी बजारमा १७ वटा घर र ४ घुम्ती जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

मुख्यमन्त्री शाहीको घोषणा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !