२० कार्तिक २०८१, मंगलबार

वाग्मती प्रदेशमा आज दुई नयाँ मन्त्री नियुक्त हुँदै


शालिकराम जम्मकट्टेल र निमा लामा

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज दुई जना नयाँ मन्त्री नियुक्त गर्दैछन् । मुख्यमन्त्री पाण्डे नेतृत्वको वाग्मती प्रदेश सरकारमा आज दुई मन्त्री थपेपछि वाग्मती सरकार ६ सदस्यीय हुने भएको छ ।

थपिने मन्त्रीहरूमा नेकपा (माओवादी केन्द्र) र नेपाली कांग्रेसबाट १/१ जना रहेका छन् । आज सत्ता गठबन्धनबाट माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता शालिकराम जम्मकट्टेल र कांग्रेसका संसदीय दलका सचिव निमा लामा मन्त्री बन्ने भएका हुन् ।

यसअघि अघिल्लो सरकारमा बाग्मतीको आन्तरिक मामिला तथा कानुन मन्त्री बनिसकेका जम्मकट्टेल पुनः सोही मन्त्रालय जान लागेका छन् भने कांग्रेसबाट लामा भने पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

जम्मकट्टेल आन्तरिक मामिला मन्त्री र लामा स्वास्थ्य मन्त्री बन्ने भएका हुन् । उनीहरुको आजै आज साँझ ५ बजे सपथ हुने गरी तयारी गरिएको छ । वाग्मतीमा सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ भने केही मन्त्रालयहरू टुक्र्याउने तयारी पनि गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !