१३ बैशाख २०८१, बिहिबार

जनगणना सफल बनाउन एमाले अध्यक्ष ओलीको आग्रह


प्रधानमन्त्री केपी शर्मा ओली फाइल फोटो

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले यही कात्तिक २५ गतेदेखि सुुरु हुने १२ औँ राष्ट्रिय जनगणना राष्ट्र विकासको एक महत्वपूर्ण पक्ष भएकाले यसको पूर्ण सफलताको कामना व्यक्त गरेका छन् ।

पूर्वप्रधानमन्त्री ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको पहिलो जनगणना भएकाले यसले राज्यको सेवा अझै प्रभावकारी बनाउन उपयुक्त तथ्याङ्क उपलब्ध गराउने भएकाले यस कार्यमा सहभागी भई सहयोग गर्न सबै नेता, कार्यकर्ता र आम नागरिकमा आह्वान गगरेका हुन् । उनले आज जारी गर्नुभएको सन्देशमा घरघरमा आउने गणकलाई सही विवरण दिएर कार्यक्रम सफल बनाउन अपिल गरेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !