१४ बैशाख २०८१, शुक्रबार

शासन गर्ने भए चुनाव लडेर आउन पूर्वराजा शाहलाई प्रधानमन्त्री देउवाको चुनौती


शेरबहादुर देउवा फाइल फोटो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई शासन गर्ने भए चुनाव लडेर आउन चुनौती दिएका छन् । प्रधानमन्त्री देउवाले शाहलाई गणतान्त्रिक शासन व्यवस्था विरुद्ध नलाग्न चुनौती दिएका हुन् ।

गणेशमान स्मृति शान्ति प्रतिष्ठानले बुधबार बिहान शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन् । ‘शासन गर्ने भए चुनाव लडेर आउनुस्, प्रजातन्त्रमा त्यो सुविधा छ। शासन व्यवस्था विरुद्ध नलाग्नुस्,” उनले भने।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !