६ जेष्ठ २०८१, आइतबार

संसदमा आज प्रधानमन्त्रीले सम्बोधन गर्दै


kepi oli

२० चैत, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदमा मंगलबार सम्बोधन गर्दैछन् ।

मंगलबार दिउँसाे १ बजे प्रधानमन्त्रीले प्रतिनिधिसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले बताए।

आगामी चैत २३ गतेदेखि हुन लागेको आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी गराउन लागेको समेत उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधनसँगै राष्ट्रियसभाको निर्वाचनसम्बन्धी अध्यादेश र चिकित्सा शिक्षा अध्यादेश स्वीकृतिका लागि पेस हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

सरकारले संसदमा अन्य विधेयक दर्ता नगराएकाले प्रधानमन्त्रीको सम्बोधनलगत्तै संघीय संसद्को पहिलो अधिवेशन अन्त्य हुनेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !