१२ असार २०८१, बुधबार

‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’ भन्दै संसद्मा एमालेको अवरोध


एमालेद्वारा संसद अवरुद्ध फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पनि प्रतिनिधिसभाको बैठकमा अवरोध गरेको छ । बैठक शुरु हुनासाथ एमालेका सांसदहरूले नाराबाजी गरेर संसदको बैठक अवरोध गरेका हुन् ।

एमालेका सांसदहरूले नाराबाजी गर्दै ‘पक्षपातपूर्ण व्यवहार बन्द गर’, ‘पार्टी फुटाउने षड्यन्त्र मुर्दावाद’, ‘गैरसांसदलाई प्रवेश निषेध गर’, ‘संसदीय मर्यादा कायम गर’ लगायत नारा लगाएका छन् ।

यद्यपि सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठकमा आम जनजीविकाका विषयमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गर्दै बैठकको कारबाही अघि बढाए ।

संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने रहेको छ ।

यसअघि कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनापत्र जारी गर्दै विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख गरेका थिए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !