७ मंसिर २०८१, शुक्रबार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची


संसद

काठमाडौँ । प्रतिनिधिसभा बैठकको आज बिहीबार बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो २ बजे बस्नेछ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन-२०७७/७८ पेस गर्ने गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ।

यसअघि कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सूचनापत्र जारी गर्दै विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गरेको पनि उक्त सूचनापत्रमार्फत जानकारी दिइएको थियो ।

प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !