१४ बैशाख २०८१, शुक्रबार

अन्तत: प्रदेश १ को प्रदेशसभा बैठक कात्तिक १५ गतेसम्म स्थगित


प्रदेश १ को प्रदेशसभा

काठमाडौं । अन्तत: प्रदेश १ को प्रदेशसभा बैठक नबसी कात्तिक १५ गतेसम्म स्थगित गरिएको छ । प्रदेशसभा सचिवालयले आइतबार दिउँसो एक सूचना जारी गर्दै बैठक कात्तिक १५ गते दिउसो १२:३० बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको हो ।

यसअघि आफ्ना सांसदले फ्लोर क्रस गर्ने थाहा पाएपछि नेपाली कांग्रेसले आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । कांग्रेसले आज आइतबार बोलाइएको प्रदेशसभा बैठक रोक्न माग गर्दै सभामुख प्रदीप कुमार भण्डारीलाई लिखित निवेदन दिएको थियो ।

यस्तै सत्तारूढ दल एमालेले पनि आजको प्रदेशसभा बैठक स्थगित गर्न माग गरेको थियो । एमालेले कात्तिक १५ गतेपछि बैठक राख्न माग गरेको थियो । प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले पार्टीको कार्यक्रमहरू रहेका बैठक सार्न माग गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रदेश १ मा मुख्यमन्त्री पद जोगाउन एमालेद्वारा सांसद खरिदबिक्रीको चर्चा !

प्रदेश १ को प्रदेशसभा बैठक स्थगित गर्न एमालेको माग


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !