६ बैशाख २०८१, बिहिबार

प्रतिनिधिसभाको बैठक २ दिन सर्यो, कात्तिक ११ गते बस्ने


प्रतिनिधिसभाको बैठक फाइल फोटो

काठमाडौँ । प्रतिनिधिसभाको यही कात्तिक ९ गते मङ्गलबारका लागि निर्धारण गरिएको बैठक स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा विशेष कारणबस सो दिन उक्त समयमा बैठक बस्न नसक्ने उल्लेख छ ।

सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको अर्काे बैठक कात्तिक ११ गते बिहीबार दिनको २ बजे बस्ने गरी निर्धारण गरेको पनि सूचनापत्रमार्फत जानकारी दिइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !