८ बैशाख २०८१, शनिबार

प्रचण्डको चेतावनी : ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिन्छु


प्रचण्ड

परासी । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूविरुद्ध अझै चलखेल गरे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका छन् ।

आज शनिबार पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको नवनिर्मित भवन उद्घाटन गर्दै प्रचण्डले ओलीले आफू र आफ्नो पार्टीलाई धोका दिएका कारण बालुवाटारबाट बालकोट पुर्‍याएको दाबी गर्दै फेरि पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिने चेतावनी दिएका हुन् ।

प्रचण्डले भने, ‘म र मेरो पार्टीलाई धोका दिएकै कारण ओलीलाई बालुवाटारबाट बालकोट पुर्‍याएको हो अझै पनि चलखेल गरे राजनीतिबाटै बाहिर निकालिदिन सकिन्छ ।’

उनले भने, ‘ओलीकै घमण्डका कारण गण्डकी र लुम्बिनीको सरकार गुम्यो । २/४ दिनमा बागमती र प्रदेश १ बाट पनि बाहिरिदैछ । अब पनि चलखेल गर्नखोजे राजनीतिबाटै बाहिर गर्दिन्छु, अति गरेपछि खति हुन्छ ।’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !