४ जेष्ठ २०८१, शुक्रबार

माओवादीको स्थायी कमिटी बैठक बस्दै, सरकारमा पठाउने थप मन्त्रीबारे छलफल गर्ने


माओवादी स्थायी कमिटी बैठक फाइल फोटो

काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज बस्दैछ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने थप मन्त्रीबारे छलफल गर्न आज स्थायी कमिटी बैठकमा बस्न लागेको हो ।

हिजो शनिवारको स्थायी कमिटी बैठकपछि पत्रकारहरुसँग बोल्दै पार्टी प्रवक्ता कृष्णबहादुर महराले आज आइतवारको बैठकमा सरकारमा पठाउने मन्त्रीबारे छलफल गरिने बताएका थिए ।

असार २९ गते कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएपनि हालसम्म मन्त्रीपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । गठबन्धनमा भागबन्डा मिल्न नसक्दा मन्त्रीपरिषद् बिस्तार हुन नसकेको नेताहरुले बताउने गरेका छन् ।

देउवा सरकारमा हाल माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । यसैगरी कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की कानुनमन्त्री, बालकृष्ण खाँण गृहमन्त्री, डा. नारायण खड्का परराष्ट्रमन्त्री र उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !