५ जेष्ठ २०८१, शनिबार

गुरुङले भने, ‘दुनियाँका अगाडि टिकट विक्री र लिलामी भएको कुरा आइरहेको छ छानविन हुनुपर्छ’


Dhanraj_Gurung

चैत १४, काठमाण्डौ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले केन्द्रिय समिति बैठकमा कांग्रेसका कमी कमजोरी सुधारेर अगाडि बढ्ने विषयमा छलफल केन्द्रित भएको बताएका छन् ।

गत ९ गतेदेखि कांग्रेसको केन्द्रिय समिति बैठक पार्टी कार्यालय सानेपा ललितपुरमा बसिरहेको छ । बैठकको एजेण्डा चुनावमा कांग्रेसले बेहोरेको हारको समिक्षालाई पहिलो प्राथमिकतामा छ ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले चुनावमा बहोरेको अनपेक्षित नतिजा, टिकट वितरणमा भएका कमी कमजोरी र घात अन्तरघातका विषयमा छलफल केन्द्रित भएको बताए ।

“दुनियाँका अगाडि टिक विक्रि भएको छ, लिलामी भएको कुरा आइरहेको छ । यसका लागि पनि न्यायिक छानविन समिति गठन गर्नुपर्छ । त्यसपछि जे हो त्यही कुरा बाहिर आउँछ ।” गुरुङले भने ।

बैठकले ढिलोमा जेठभित्र बस्ने गरी महासमितिको बैठक बोलाउने उनले बताए । विधान नै संशोधन गर्नुपर्ने अवस्था रहेकाले जति सक्दो छिटो महासमितिको बैठक बोलाउनुपर्ने उनको तर्क छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !