१४ बैशाख २०८१, शुक्रबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक किन एकाएक स्थगित भयो ?


नेकपा माओवादी केन्द्र

काठमाडौँ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको आज मंगलबार बस्ने गरी तय गरिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । आज बस्ने भनिएको बैठकमा यसअघि पेश गरिएका ३ वटा प्रस्तावमाथि छलफल गर्ने कार्यसूची रहेको थियो ।

माओवादी केन्द्रको आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक नेताहरुको कार्य व्यस्तताका कारण भोलि बुधबार ११ बजे बस्नेगरी स्थगित भएको माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले जानकारी दिए ।

नेकपा (माओवादी केन्द्र) ले देउवा सरकारमा सहभागी हुने थप मन्त्रीको नामावली टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेको छ । अव बन्न लागेका थप नयाँ मन्त्रीहरुमा माओवादी केन्द्रले अझसम्म मन्त्री नभएका नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !