काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिक समाजका अगुवाहरुबाट दुई जनालाई मन्त्री बनाउने भएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको प्रस्तावमा देउवाले सहमति जनाएका हुन् ।
नागरिक समाजका अगुवाबाट दुई जना मन्त्री बनाए सकारात्मक सन्देश जाने भएपछि देउवाले यस्तो रणनीति अपनाएका हुन् । सत्तारुढ गठबन्धनका पाँच दलले नागरिक अगुवाबाट दुई जनालाई मन्त्री बनाउँने सहमति गरेका हुन् ।
ततकालिन केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिगमन विरुद्वका आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका नागरिक समाजका अगुवाहरुमध्येबाट दुई जना स्वतन्त्र व्यक्तिलाई मन्त्री बनाउने सत्तारुढ गठबन्धनमा आवद्व दलहरुबीच सहमति भएको हो ।
ओली सरकार ढाल्न सक्रिय भूमिका निर्वाह गरेका दुई जनाले मन्त्री मन्त्री उपहार पाउने भएका हुन् । गठबन्धनमा एक नेताका अनुसार आन्दोलनमा सक्रिय सहभागी नागरिक अगुवाबाट बनाउँने टुंगो लागेपनि कस-कसलाई बनाउँने भन्ने भने टुंगो लागी नसकेको उनले बताए ।
बालुवाटार स्रोत अनुसारले १/१ जना स्वतन्त्र व्यक्ति छनोट गरेर मन्त्रीका लागि सिफारिस गर्नेछन् । स्वतन्त्र नागरिक अगुवाबाट दुई जना मन्त्री बन्ने भएपछि ती दुई स्वतन्त्र नागरिकको अहिले खोजी भईरहेको छ ।
यद्यपि यो निर्णयमा जनता समाजवादी पार्टी नेपाल (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले असन्तुष्टि जनाएका छन् । भट्टराई र यादवले असन्तुष्टि व्यक्त गर्दै आफूलाई एक मन्त्री थप्नुपर्ने जिकिर गरिरहेका छन् ।
प्रधानमन्त्री भएको अढाई महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको भनेर आम नागरिकको चर्को आलोचना खेपेका देउवाले मन्त्रिमण्डलमा नयाँपन दिने कोशिश गरेका हुन् ।
यो पनि पढ्नुहोस्
यी हुन् नेकपा (एस) वाट मन्त्री बन्न लागेका सांसदहरु
मन्त्रालय र मन्त्रीको भागबण्डा टुंगियो, कसले कति र कुन मन्त्रालय पाए ?
अन्तत: अध्यादेश खारेज, सत्ता गठबन्धनबीच मन्त्रालय भागबण्डा सहमति
नेपालले बुझाए प्रधानमन्त्री देउवालाई नेकपा (एस) वाट मन्त्री बन्नेहरुको नाम