२१ बैशाख २०८१, शुक्रबार

प्रतिवेदन प्रस्तावमाथि छलफल गर्न एमालेद्वारा १० समूह निर्माण


एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले १० वटा समूह निर्माण गरेको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार विधान महाधिवेशनमा पेश गरिने प्रतिवेदन मस्यौदामाथि छलफल गर्न बैठकले १० वटा समूह निर्माण गरेको हो ।

तुलसीलाल स्मृति भवनमा शुरु भएको केन्द्रीय कमिटी बैठकले प्रतिवेदन मस्यौदामाथि छलफल गर्न प्रदेशको आधारमा समूह बनाएको प्रमुख सचेतक भट्टराईले जानकारी दिए ।

समूहगत रुपमा छलफल गरेर प्रतिवेदन मस्यौदाहरुमाथि सुझाव केन्द्रीय कमिटी बैठकमा पेश गरिने भट्टराईले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !