१३ जेष्ठ २०८१, आइतबार

चितवन पुगेर बादलले भने- प्रचण्डसँग चुनाव लड्न तयार छु


Prachand and vBadal_Ram Bahadur Thapa

चितवन । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग लड्न आफू तयार रहेको उद्घोष गरेका छन् ।

चितवनको भरतपुर विमानस्थलमा आज प्रेस चौतारी चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बादलले भने, ‘यो विषयमा पार्टीले निर्णय गरेको छैन । आगामी दिनमा पार्टीले निर्णय गरेमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ ।’ उनीहरु दुवै जना चितवन निवासी हुन् ।

उनले नेकपा माओवादी केन्द्र राष्ट्रियता, समाजवाद र लोकतन्त्रको लाइनभन्दा बाहिर गएको बताएका छन् । उनले आफूले भने सही लाइन समातेको बताउदै प्रचण्डले लाइन छोडेर समाजवादी लाइन, समृद्धि र राष्ट्रियता विरोधमा उभिएको आरोप लगाए ।

उनले प्रचण्डले नयांँ गुट तयार गरेको भन्दै प्रचण्डजस्ता नेताहरुले देशको समृद्धि, पूंँजीवाद र यथास्थितिबादलाई प्रश्रय दिएको बताउदै प्रचण्डले अहिले नयांँ गुटको कम्फर्टटेबल सरकार गठन गरेको आरोप पनि लगाए । उनले एमसीसीको बारेमा पार्टीको धारणा सार्वजनिक गर्दै यसअघिका बुंँदाहरुलाई शंशोधन गरी अघि बढ्नु पर्ने बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !