२२ बैशाख २०८१, शनिबार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका छलफलका एजेण्डाहरु


केन्द्रीय कमिटीको बैठक फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज शुक्रबारदेखि शुरु हुँदैछ । २ दिनसम्म सञ्चालन हुने बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकमा असोज १५, १६ र १७ गते हुन गइरहेको विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुने तामाङले बताए ।

केन्द्रीय कमिटीको बैठकमा यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि छलफल हुने तामाङले जानकारी दिए ।

एमाले केन्द्रीय कमिटीको बैठकले विधानमहाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङले बताए । बैठक भोलि शनिबार सम्पन्न गर्ने तयारी एमालेले गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !