१८ बैशाख २०८१, मंगलबार

एकीकृत समाजवादीको सचिवमा रामकुमारी झाँक्री


रामकुमारी झाँक्री File Photo

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सचिवमा रामकुमारी झाँक्रीलाई चयन गर्ने भएको छ । बुधबार बसेको स्थायी कमिटीको बैठकले झाँक्रीलाई सचिव चयन गर्ने सहमति भएको हो ।

त्यस्तैगरी स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको एक नेताले जानकारी दिए । पार्टीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

स्रोतका अनुसार महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र विजय पौडेललगायत आकांक्षीका रुपमा देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !