१९ बैशाख २०८१, बुधबार

एकीकृत समाजवादीले आज पार्टीको महासचिव टुंगो लगाउने, यी हुन् महासचिवका आकांक्षी


माधव नेपालसहितका नेताहरु निर्वाचन आयोगमा

काठमाडौं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले आज पार्टीको महासचिव र चुनाव चिन्ह टुंगो लगाउने भएको छ । माधवकुमार नेपाल अध्यक्ष रहेको पार्टीले आजै महासचिव, चुनाव चिन्ह र मन्त्रीको नाम टुंगो लगाउने एक नेताले जानकारी दिए।

त्यस्तैगरी स्थायी कमिटी सदस्य, पोलिटव्युरो र केन्द्रीय कमिटीका सदस्यहरुको टुंगो लगाउन लागेको एक नेताले जानकारी दिए । पार्टीको अन्तरिम विधानमा १ जना अध्यक्ष, वरिष्ठ नेता १,उपाध्यक्ष ७, महासचिव १,उपमहासचिव २ र सचिव ७ गरी १७ जना पदाधिकारीसहित ११५ पुर्ण र ३६ बैकल्पिक गरी १५१ सदस्यीय रहने व्यवस्था गरेको छ ।

स्रोतका अनुसार महासचिवका लागि बेदुराम भुसाल, मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर र विजय पौडेललगायत आकांक्षीका रुपमा देखिएका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !