१४ बैशाख २०८१, शुक्रबार

ओली भन्छन्, “माधव नेपाल खरानी घसेर हिँड्नुभयो”


केपी शर्मा ओली फाइल फोटो

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर हिँडेको आरोप लगाएका छन्। अध्यक्ष ओलीले उनका पछि नलाग्न र जीवन बर्बाद नपार्न आग्रह गरेका छन् ।

माधव नेपालले अल्मल्याएका र भ्रममा परेका कार्यकर्ता फर्किन उनले आग्रह गरे। ओलीले भने, ‘माधव नेपाल घरमा आगो लगाएर, खरानी धसेर त्रिपन्ताम् भनेर तीर्थ यात्रामा हिँडेका हुन् उनलाई म केही भन्दिन ।’

माधव नेपालले व्यक्तिगत, अहंकार, इर्ष्याबाट ग्रसित भएर दुनियाँको जिन्दगीसँग खेलवाड गरिरहेको उनले आरोप लगाए । ‘उहाँ पार्टी प्रमुख भइसक्नुभयो, प्रधानमन्त्री भइसक्नुभयो, अब जाने ठाउँ छैन’ ओलीको भनाई छ । त्यस्तै ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पछि लाग्नेहरूलाई प्रचण्डको घरेलु कार्यकर्ता नहुन आग्रह गरे ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !