१४ बैशाख २०८१, शुक्रबार

सरकारद्वारा १२ जिल्लाका सीडीओ सरुवा (सूचीसहित)


गृह मन्त्रालय

काठमाडौँ । शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को सरुवा गरेको छ । आज बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लाका सीडीओहरुको काज सरुवा गरेका हुन् ।

गृह मन्त्रालयका अनुसार ललितपुरका सीडीओ ढुण्डीराज निरौला गृह मन्त्रालयमा सरुवा गरिएको छ भने र उनको ठाउँमा गृह मन्त्रालयका वरिष्ठ सहसचिव घनश्याम उपाध्याय पठाइएको छ ।

यसैगरी सरुवा हुने अन्य प्रजिअहरुमा रुद्रा शर्मा भक्तपुर, पुण्यविक्रम पौडेल गुल्मी, सङ्करहरि आचार्य गोरखा, काशीराज दाहाल मोरङ, कोषहरि निरौला गृह मन्त्रालय, दीपककुमार पहाडी रामेछाप, नूरहरि खतिवडा सङ्खुवासभा, टेक नारायण पौडेल गृह मन्त्रालयमा सरुवा भएको छ ।

यसैगरी टेकराज निरौला दोलखा, वासुदेव घिमिरे गृह मन्त्रालय, ढुण्डिप्रसाद निरौला गृह मन्त्रालय, आस्मान तामाङ चितवन, कृष्ण प्रसाद लम्साल धादिङ, वीरेन्द्र यादव उदयपुर र ऋषिराम तिवारी रुपन्देही सरुवा गरिएको छ ।

हेर्नुहोस् को-कहाँ सरुवा भए सूचीसहित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !