१३ बैशाख २०८१, बिहिबार

देउवाले एकैचोटी गरे ८५ सहसचिवको सरुवा (सूचीसहित)


प्रधानमन्त्री शेरबहादुर देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले एकैपटक ८५ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवाले आज मंगलबार विभिन्न सेवा समूहका ८५ जना सहसचिवको सरुवा गरेका हुन् ।

देउवाले आज मन्त्री स्तरको निर्णयबाट सहसचिवहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेका हुन् । सरुवा गरिएका धेरै सहसचिवलाई प्रदेशका विभिन्न मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ ।

मन्त्रालयका साथै प्रदेशका सचिवहरूको समेत सरुवा गरिएको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । मंगलबारको सरुवामा २९ जना सहसचिवहरुलाई प्रदेशमा सरुवा गरिएको छ भने १ जना सहसचिवलाई फाजिल अर्थात् जगेडामा राखिएको छ ।

हेर्नुहोस् कसलाई कहाँ सरुवा गरियो ?


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !