
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने लगातार बैठकमा नाराबाजी गरेर संसद अबरुद्ध गर्दै आएको छ ।
सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेक २०८७ माथि वचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।
संसदको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले हिजो सोमबार सर्वदलीय बैठक आयोजना गरेपनि एमालेले भने बहिष्कार गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार संसदमा भएका दलका शीर्ष नेताहरुको बैठकमा संसदमा रहेका दलहरुले प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई सम्वादमा ल्याउन सुझाव दिएका छन् ।
एमाले उपस्थित भएपछि मात्र बैठक निष्कर्षमा पुग्न सक्ने नेताहरुले बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै संसद अवरोध गरेपछि आइतबार सन्किदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सञ्चालनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाव दिएका थिए ।
एमालेले पार्टीले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्नुपर्ने माग राख्दै आएको छ । उक्त सूचना टाँस नगरे पदबाट राजीनामा दिन सभामुख सापकोटालाई एमालेले आग्रह गरेको छ ।
यो पनि पढ्नुहोस्
एमालेसँग सम्वाद गरेर अर्को बैठक राख्न सभामुखलाई दलहरुको सुझाव
सर्वदलीय बैठक सुरु, को-को सहभागी भए ?
सभामुख सापकोटाले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने
एमालेले बैठक अवरोध गरेपछि सन्किदै देउवाले भने- संसद सञ्चालनबारे ओलीलाई सोध्नुस्