१४ बैशाख २०८१, शुक्रबार

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गरेका थिए । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहज रुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गरेका थिए ।

उनले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गरेका थिए । बैठकअघि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गरेका थिए ।

छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !