१२ बैशाख २०८१, बुधबार

एमालेले बैठक अवरोध गरेपछि सन्किदै देउवाले भने- संसद सञ्चालनबारे ओलीलाई सोध्नुस्


केपी ओली र शेर बहादुर देउवा फाइल फोटो

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार नाराबाजी गर्दै संसद अवरोध गरेपछि सन्किदै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद सञ्चालनबारे एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सोध्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आज आइतबारको बैठक स्थगित भएपछि संसदवाट बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले संसद अवरोध हटाउने जिम्मा संसद अबरुद्ध गर्दै आएको प्रतिपक्षी दल एमालेको भएको बताएका हुन् ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गरेपछि अर्को बैठक भदौ २९ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ । यसरी एमालेले संसद अवरोध गरेपछि प्रधानमन्त्री देउवा जंगिदै यसरी कतिन्जेल संसद चल्छ भनी एमालेलाई प्रश्न गरेका हुन् ।

सभामुख सापकोटाले प्रतिनिधिसभाको बैठक शुरु गर्ने बित्तिकै एमाले सांसदहरुले नाराबाजी शुरु गरेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !