५ जेष्ठ २०८१, शनिबार

मधेसीपछि थारुमाथि भारतीय नजर


indian flag

मधेसकेन्द्रित आन्दोलनमा उक्त क्षेत्रका प्रभावशाली आदिवासी थारुहरुको संलग्नता न्यून र उदासीनता बढी देखिएको बेला उक्त समुदायको सक्रियता बढाउन विभिन्न आन्तरिक र वाहृय प्रयास हुन थालेका छन्।

वैशाख १४ देखि १६ गतेसम्म चितवनको सौराहामा सम्पन्न अन्तर्राष्ट्रिय थारु सम्मेलनमा नेपालका विभिन्न भागहरूसँगै भारतबाट पनि थारूहरु सहभागी थिए।

त्यसको दुई सातापछि भारतको उत्तरप्रदेशअन्तर्गत लखिनपुर खिरीमा सहकार्य र समन्वयका साथ रोटीबेटीका सम्बन्ध भएका समुदायहरुसँगै अघि बढ्नुपर्ने निर्णय गरिएको त्यहाँ सहभागी स्रोतले बताएको खबर आजको अन्नपूर्णमा चुडामणि भट्टराई समाचार लेखेका छन् ।

भारत सरकारका प्रतिनिधिहरुसमेत समावेश ती सम्मेलनमा थारुहरु भारतका लागि मधेसीजत्तिकै नजिक भएको स्पष्ट संकेतमात्र दिइएन, आगामी दिनमा सरकारद्वारा दिइने छात्रवृत्तिसँगै विशेष विकास योजना थारुहरुप्रति लक्षित हुने आश्वासन दिइएको छ ।

भारतीय एजेन्सीहरुले मधेस आन्दोलनलाई जस्तै थारु समुदायभित्र घुसी उनीहरुलाइ आन्दोलित गर्ने रणनीतिका रुपमा यसलाई नेपाल सरकारले हेरेको छ ।

केहि समय अघि चितवन सम्मेलनमा भारतका तर्फबाट थारु समुदायको उत्थानका लागि थारु संग्रहालयलाई ५ करोड रुपैयाँ छात्रवृत्तिलगायत सहायता दिने घोषणा गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !