१४ बैशाख २०८१, शुक्रबार

ओलीको टिप्पणी : एमालेसँग काँग्रेस लड्न सकेको छैन, माधव नेपालको प्युसो


केपी शर्मा ओली फाइल फोटो

पोखरा । पूर्वप्रधानमन्त्री समेत रहेका प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज मंगलबार कास्की एमालेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा एमालेसँग नेपाली काँग्रेसले त लड्न नसकेकोको अवस्थामा उम्रिन नपाउँदै नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्युसो भन्दै एमालेसँग मुकाबिला नमिल्ने टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले नेपाललाई एमालेसँग मुकाबिला गर्ने सपना नदेख्न चेतावनी दिएका हुन् । ओलीले समाजवादी पार्टीका तर्फबाट एमालेसँग हुने चुनावी प्रतिष्पर्धालाई उनले उम्रिन नपाएको प्युसोको सपना भएको बताए । यसरी सत्ता गठबन्दनका दलहरु काँग्रेस र नेकपा (एस) प्रति ओलीले नजरअन्दाज गरेका हुन् ।

ओलीले भने, ‘माधव नेपाल पार्टीमा अड्नै नसक्ने, बस्नै नसक्ने । यो पार्टी नफुटी नसक्ने । जिल्ला, पालिकामा गएर हाम्रो जनप्रतिनिधी छ कि, कार्यकर्ता छ कि कसरी बिग्रान सकिन्छ भनेर लोप्पा दिने । लोप्पाबाहेक उनीहरुसँग राजनीति छैन । मेयरको उम्मेदवार दिएर के गर्ने, जित्ने त एमालेले नै हो । कांग्रेस त हामीसँग लड्न आँट गरेको छैन, अब माधव नेपालको प्युसो ? उम्रिन पाएको छैन, एमालेसँग मुकाबला गर्ने सपना देख्छ ।’

ओलीले पार्टीभित्रका पदलोलुप प्रवृत्तिका कारण पार्टी विभाजन भएको दाबी गरे । उनले भने, ‘स्वार्थका लागि पार्टी ध्वस्त पार्ने प्रवृत्तिबाट पार्टी आक्रन्त थियो । कोहि छोरी ज्वाईंका लागि मरिमेट्ने कोहि भाइ भतिजाका लागि मरिमेट्थे ।’

अध्यक्ष ओलीले प्रचण्ड र माधव नेपालले अध्यक्षबाट हटाउनुपर्छ भनेर राजीनामा माग्ने र विरोधी हसाउने खेल शुरु गरेको आरोप समेत लगाए । ओलीले केही बेसरम व्यक्तिको नेतृत्वमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् ।

ओलीले भने, ‘आज देश जागेको छ । देश एउटा शान्तिपूर्ण आन्दोलन र सङ्घर्षमा छ । एकातिर देशलाई बर्बाद पार्न खोज्ने तत्त्वहरू पनि सक्रिय छन् । विपक्षीहरूले एमालेलाई एक्लै हेर्न पनि सक्दैनन् लड्ने त कुरा त परकै भयो ।’

उनले आफ्नो नेतृत्वको सरकार ढाल्न पाँच भाइ जम्मा भन्दै देउसी खेलेको पनि बताए । ‘पाँच भाइ जम्मा भन्दै देउसी खेले, अहिले त जम्मा नै भए क्यारे !’ उनले पार्टीभित्र अपवित्र गठबन्धन गरिएको भन्दै आफूविरुद्ध ठूलो हमला हुँदा पनि नझुकेको स्पष्ट पारे ।

यो पनि पढ्नुहोस्

पोखरा पुगेर ओलीले भने- माधव नेपालले मन्त्री पद बेचे


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !