४ असार २०८१, मंगलबार

म प्रचण्डसँग कुनै हालतमा पार्टी एकता गर्दिन् : माधव नेपाल


प्रचण्ड-नेपाल

काठमाडौँ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग कुनै हालतमा पनि पार्टी एकता नगर्ने स्पष्ट पारेका छन् ।

आज बिहीबार सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा पत्रकारहरूले राखेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो स्पष्टीकरण दिएका हुन् । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलीन हुने भ्रम नछर्न पनि सचेत गराए ।

अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढन सफल हुने दावी समेत गरे । उनको दल दर्ता हुनुअघिदेखि नै माओवादी केन्द्रसँग एकता गरेर बृहत कम्युनिष्ट पार्टी बनाउने चर्चा चल्दै आएको थियो ।

तर यसअघि पनि नेपालले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका पारेका थिए । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा गत भाद्र १३ गते आइतबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले अन्य पार्टीसँग तत्काल एकता गरेर जाने कुराहरु वाहियात रहेको जानकारी दिएका थिए ।

भदौं २३ गते अघि मन्त्रीपरिषद् विस्तार हुने सम्भावना नरहेको बताएका छन् । अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट भएपनि त्यसबारे छलफल नभएको पनि बताए । बिहीबार बिहान अध्यक्ष नेपालले दाहालसँग भेट गरेका थिए ।

सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा उनले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२/२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुईक्क पनि नबोल्ने बताए ।

यसअघि नेकपा (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा रहेको पार्टी नेकपा (माओवादी केन्द्र), मोहन वैद्य ‘किरण’ महासचिव रहेको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टी नेपाल कम्युनिस्ट पार्टीदेखि उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालसँग पार्टी एकता हुने खुलासा गरेका थिए ।

निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारहरुसँग कुरा गर्दै सो पार्टीका नेता चौधरीले ४ महिनाभित्र नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने दाबी समेत गरेका थिए । उनले प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता भएर नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने दावी गरेका थिए ।

यो पनि पढ्नुहोस्

मन्त्रिपरिषद् विस्तारका विषयमा भदौ २३ गतेसम्म कसैले पनि चुईक्क बोल्दैन : माधव नेपाल

संसदीय दलको बैठकमा नेपालले भने- तत्काल कुनै पार्टीसँग एकता हुँदैन

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु