७ बैशाख २०८१, शुक्रबार

संसदीय दलको बैठकमा नेपालले भने- तत्काल कुनै पार्टीसँग एकता हुँदैन


माधवकुमार नेपाल

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिले तत्काल कुनै पाटीसँग एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकलाई सम्बोधन गर्दै नेपालले अन्य पार्टीसँग एकता गरेर जाने कुराहरु वाहियात रहेको जानकारी दिए ।

नेपालले भने, ‘हाम्रो यस अगाडि देखि नै जिल्ला जिल्लामा संगठन रहेको छ । अब राष्ट्रिय सम्मेलन गरेर त्यसलाई अझै मजबुद बनाउनुपर्नेछ ।’ उनले पार्टीको संगठन विस्तार गर्दै बलियो बनाउन सांसदहरुलाई निर्देशन समेत दिए ।

यस्तै नेकपा (एस) संसदीय दलको नेतामा अध्यक्ष नेपाल सर्बसम्मत चयन भएका छन् । देउवा सरकारमा सहभागी हुनुपूर्व सो दलले संसदीय दलको नेता चयन गरेको हो । नेता नेपालको उक्त पार्टीमा ३० जना सांसदहरु रहेका छन् ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले सरकारमा सहभागी हुने मन्त्रीहरु छान्ने जिम्मेवारी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । आज आइतबार बसेको संसदीय दलको पहिलो बैठकले नेपाललाई सो अधिकार दिएको हो ।

यसअघि नेकपा (एस) का नेताहरुले ४ महिनाभित्र देशकै ठूलो पार्टी बन्ने दाबी गरेका थिए । नेकपा एमालेबाट फुटेर नेपाल लगायतका नेताहरुले अलग दल नेकपा (एस) दर्ताका लागि निवेदन दिएपछि दल दर्ताको प्रमाणपत्र दिन सनाखतको लागि भाद्र ९ गते बुधबार आयोग पुगेका सो पार्टीका नेता मेटमणि चौधरीले ४ महिनाभित्र नेकपा (एस) देशकै ठूलो पार्टी बन्ने दाबी गरेका थिए ।

निर्वाचन आयोगमा सनाखत गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्र यादवसम्म एकता भएर नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्ने खुलासा गरेका थिए ।

यो पनि पढ्नुहोस्

नेकपा (एस) मा मन्त्री छान्ने जिम्मेवारी दिइयो अध्यक्ष नेपाललाई

नेकपा (एस) संसदीय दलको नेतामा माधव नेपाल सर्वसम्मत चयन

नेकपा (एस) राष्ट्रियसभा संसदीय दलको नेतामा भुसाल चयन

प्रचण्ड, मोहन वैद्य, विप्लवदेखि उपेन्द्रसँग पार्टी एकता हुने नेपाल समूहको खुलासा

‘४ महिनापछि नेकपा (एकीकृत समाजवादी) देशकै ठूलो पार्टी बन्छ’


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !