२३ बैशाख २०८१, आइतबार

सभामुख सापकोटाविरुद्धको मुुद्दा बुधबार पनि सुनुवाइ हुन सकेन


अग्नि सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध विचाराधीन मुद्दामा बुधबार पनि सुनुवाइ हुन सकेन ।

सापकोटाविरुद्धको सर्वोच्च अदालतमा विचाराधीन मुद्दा प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा पेशी चढे पनि हेर्न नमिल्नेमा परेको छ ।

सापकोटाविरुद्ध ३० फागुन २०७६ मा पनि यो मुद्दा पेशीमा चढाइएको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ । १६ वैशाख २०६२ मा श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !