२२ बैशाख २०८१, शनिबार

सभामुख सापकोटाविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै


अग्नि सापकोटा फोटो फाइल

काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्धको मुद्दा आज सुनुवाइ हुँदै छ । स्रोतका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा न्यायाधीश छन् ।

सापकोटाविरुद्धको मुद्दा यसअघि ३० फागुन २०७६ मा पेशीमा चढाइएको थियो, तर हेर्न नभ्याएपछि सुनुवाइ सरेको थियो । सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि लागेको छ ।

१६ वैशाख २०६२ मा लामा अपहरणमा परेका थिए । साउन तेस्रो साता खाल्डो खन्न लगाएर लामालाई जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !