काठमाडौं । माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा (एकीकृत समाजवादी)ले पाँच सदस्यीय स्थायी कमिटी बनाएको छ । पाँच जनाको स्थायी कमिटी बनाएको हो ।
स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल छन् । एक नेताका अनुसार यो स्थायी कमिटी तत्कालका लागि मात्रै हो ।
स्रोतका अनुसार राष्ट्रिय सम्मेलनपछि स्थायी कमिटी विस्तार र सचिवालय गठन गर्ने तयारी छ ।