![विमलेन्द्र निधि](https://i0.wp.com/nepalpatra.com/wp-content/uploads/2018/08/bimlendra-nidhi.jpg?fit=694%2C426&ssl=1)
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आगामी १४औ महाधिवेशनमा सभापतिमा उठ्नेगरि तयारी थालेका छन् । उनले आफू सभापतिमा लड्ने घोषणा गरिसकेकोले अब कुनैपनि हालतमा ब्याक नहुने बताउँदै आएका थिए ।
आज उनले नयाँ बानेश्वरमा सम्पर्क कार्यालय नै खोलेर सभापतिको लागि चुनावी अभियान नै सञ्चालन गरेका छन् ।
निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोल्श्वरलगायत विभिन्न मन्दिरका पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा बोलाएर सभापतिका उम्मेदवारका लागि आशिष समेत लिएका छन् ।