२२ बैशाख २०८१, शनिबार

मोहम्मद आफताव आलमको मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्कियो


महोम्मद अफ्ताव आलम

काठमाडौं । अन्तत: नेपाली काँग्रेसका नेता मोहम्मद आफताब आलमको मुद्दामा शुक्रबार पनि सुनुवाइ भएन । सर्वोच्च अदालतले आलमको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय प्रकाशमानसिंह राउन र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा पेसी तोकेको थियो ।

बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो ।

२०६४ साल चैत्र २७ गते आलमका काका शेष इद्रिसको गोठमा बम विष्फोट हुँदा घाइते तथा मृत्यु भएकालाई इँटाभट्टामा जलाएको आरोपमा घटना भएको १२ वर्षपछि २०७६ साल असोज २६ गते आलम पक्राउ परेका थिए ।

आलमविरुद्ध ३२ वर्ष कैद सजाय मागदाबीसहित तीनवटा मुद्दा चलाइएको छ । १२ वर्ष अगाडी भएको बम विस्फोट, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगको मुद्दामा आलम पुर्पक्षका लागि जेल चलान भएका थिए ।

रौतहटको इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा जिल्ला अदालत र उच्च अदालतले आलमलाई पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !