१४ बैशाख २०८१, शुक्रबार

प्रदेश १ मा शेरधन राईले दिए संसदीय दलको नेता र मुख्यमन्त्री पदवाट राजीनामा


प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश

विराटनगर । प्रदेश १ नेकपा एमालेका संसदीय दलको नेता एवं मुख्यमन्त्रीले शेरधन राईले दुवै पदवाट राजीनामा दिएका छन् । आज बिहीबार विराटनगरको होटल एसियाटिकमा बसेको संसदीय दलको बैठकमा शेरधन राईले एमालेका संसदीय दलको नेतावाट राजीनामा दिएका हुन् ।

राईले राजिनामा दिएलगत्तै नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य चयन भएका छन् । शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् । आज बसेको बैठकमा ३१ जना सांसद सहभागी रहेका थिए ।

एमाले विभाजनपछि पहिलोपटक दलको बैठक बसेको हो । यसअघि एमाले संसदीय दलका नेता तथा मुख्यमन्त्री शेरधन राई पार्टीको केन्द्रीय कमिटीको बैठकमा भाग लिन काठमाडौंमै रहेकोले उनी जहाज चढेर विराटनगर गएपछि संसदीय दलको बैठकमा राजीनामा दिएका हुन् ।

यस्तै केहि समयअघि प्रदेश प्रमुखको कार्यालयमा गएर शेरधन राईले मुख्यमन्त्री पदवाट पनि राजीनामा दिएका छन् । राजीनामापछि प्रदेश १ को मुुख्यमन्त्रीका रुपमा संसदीय दलका नेता भीम आचार्यलाई नियुक्त गरेर आजै सपथग्रहण समेत गर्ने तयारी गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !