३ असार २०८१, आइतबार

लुम्बिनीका मुख्यमन्त्रीले विश्वासको मत लिएपछि एमालेले भन्यो- सोमबारको प्रदेशसभामा नाटक मञ्चन गरियो


भूमिश्वर ढकाल र पूर्णबहादुर घर्ती

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सोमबारको प्रदेशसभामा नाटक मञ्चन गरिएको प्रतिक्रिया दिएको छ ।

लुम्बिनी प्रदेश नेकपा एमालेको संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले आज दुई पेजको प्रेस विज्ञप्ति जारी गर्दै प्रतिपक्षी दललाई वेवास्ता गरेर लुम्बिनी प्रदेश सभाको बैठक सञ्चालन गरेर सभामुखले निर्लज्ता प्रस्तुत गरेको आरोप लगाएको छ ।

सोमबार मुख्यमन्त्री केसीले विश्वासको मत लिएपछि एमालेले सभामुखले पदको गरिमा र पदीय मर्यादा नांगीएको प्रतिक्रिया दिएको हो । केसीले विश्वासको मत लिँदा प्रदेशसभा बहिस्कार गरेको एमालेले मंगलबार विज्ञप्ती जारी गर्दै कडा शब्दमा सभामुख र मुख्यमन्त्री केसीको बिरोध गरेको हो ।

लुम्बिनीका मुख्यमन्त्री केसीले प्रदेशसभावाट हिजो विश्वासको मत पाएका थिए । लुम्बिनी प्रदेशसभाका सभामुख पूर्ण बहादुर घर्तीले प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ बमोजिम मुख्यमन्त्री केसीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

एमालेले आफ्नो पार्टीले कारवाही गरेका सांसदहरु अजयबहादुर शाही र बिमला वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । प्रदेससभाबाट कारवाहीको सूचना दिनुपर्ने माग गर्दै एमालेले प्रदेशसभा बैठक अवरुद्ध गर्दै आएको छ ।

सोमबारको गतिविधिले केसी नेतृत्वको सरकार असंसदीय र लोकतन्त्र विरोधी भएको पुष्टी भएको एमालेको तर्क छ । यस्तो आफूहरुले उठाएको माग पुरा नभएसम्म प्रदेशसभाको बैठक अवरुद्ध गर्ने आन्दोलन निरन्तर रहने एमालेले बताएको छ ।

यस्तो छ लुम्बिनी प्रदेश एमाले संसदीय दलले निकालेको प्रेस विज्ञप्ति

यस्तो छ लुम्बिनी प्रदेश एमाले संसदीय दलले निकालेको प्रेस विज्ञप्ति यस्तो छ लुम्बिनी प्रदेश एमाले संसदीय दलले निकालेको प्रेस विज्ञप्ति

यो पनि पढ्नुहोस्

लुम्बिनीका मुख्यमन्त्री केसीले प्रदेशसभावाट पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्रीले ल्याए ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ को नारा

लुम्बिनीमा प्रतिपक्ष एमालेको अनुपस्थितिमै मुख्यमन्त्री केसीले मागे विश्वासको मत

एमाले विरोधका बाबजुद लुम्बिनीमा मुख्यमन्त्री केसीले आजै विश्वासको मत लिने


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !