८ असार २०८१, शनिबार

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक चन्द्रागिरीमा जारी


नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक चन्द्रागिरीमा जारी

काठमाडौँ । नेकपा एमाले विभाजन गरेका माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति बैठक चन्द्रागिरी रिसोर्टमा जारी छ । बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेता नेपालले एमाले विभाजन हुनुमा अध्यक्ष केपी शर्मा ओली जिम्मेवार रहेको आरोप लगाएका छन् ।

दोस्रो दिन पनि जारी बैठकले अन्तरिम विधान, घोषणापत्र, नियमावली र कम्युनिस्ट आन्दोलनको पुनर्जागरणका लागि नयाँ कम्युनिष्ट पार्टीको आवश्यक्ता नामक राजनीतिक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ ।

सो पार्टी निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका नेपाल नेतृत्वको पार्टीले घोषणापत्र र पार्टीको नियमावली तयार गरेको छ । नयाँ पार्टीको घोषणापत्र, अन्तरिम विधान २०७८, राजनीतिक प्रस्ताव र पार्टी नियमावली लगायतका चारवटा प्रस्तावलाई अन्तिम रुप दिनेगरी छलफल गर्न चन्द्रागिरीमा आवासीय बैठक राखिएको हो ।

चारवटै दस्तावेज सोमबार बेलुका नेताहरुलाई बाँडिएको र अध्ययनपछि मंगलबार त्यसलाई पारित गर्ने कार्यक्रम रहेको छ । भोलि बुधबार पार्टी विभाजनका लागि निर्वाचन आयोगमा सनाखतको तयारी भइरहेका बेला आफू पक्षका नेताहरू यताउता नहुन् भन्ने उद्देश्यले उनीहरूलाई एकत्रित गरेर राख्न एकान्तवास लगिएको हो ।

३२ जना संघीय सांसदसहित करिव ६० जना नेताहरु सोमबारको बास बस्नेगरी चन्द्रागिरी पुगेका हुन् । ओली समूहका नेताहरु र तेस्रो धारका नेताहरुले आफ्नो पक्षमा लागेका केन्द्रिय सदस्यहरु र सांसदलाई भड्काउने त्रासले नेपालले हिजो बेलुकी आफ्ना नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा लागेका थिए ।

नेपालसहित उनी पक्षीय नेताहरु पार्टीको दस्तावेज तयार गर्न चन्द्रागिरी रिसोर्ट पुगेका थिए । नेपाल निकट एक नेताका अनुसार रिसोर्टमा पार्टीको नयाँ नीति ‘जनताको बहुदलीय समाजवाद’ को विषयमा छलफल भएको छ ।

सोमबार ओली र तेस्रो धारका नेताहरूबीच १० बुँदे सहमति कार्यान्वयन गर्ने सैद्धान्तिक सहमति भएर पार्टी एकता गरेर अघि बढ्ने गरी बालकोटमा सहमति भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटि बैठक आज बस्दै छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बलकोटमा ओली समूहका नेताहरु र माधव नेपालको साथ छाडेका एमालेको तेस्रो धारका नेताहरुवीच हिजो भएको बार्ता भएको थियो । एमाले प्रवक्ता प्रदिप ज्ञवालीले आज हुने बैठकबाट नेपाललाई नयाँ दल दर्ता रोक्दै एकताका लागि आह्वान समेत गर्ने सम्भावना रहेको बताएका थिए ।

आफ्नो पक्षका नेतालाई प्रभावित पार्न सक्ने खतरा समेत भएकाले नेपालले उनीहरूलाई आफ्नो पक्षबाट दायाँबायाँ हुन नदिन रिसोर्टमा पुर्‍याएका हुन् । नेपाल निकट स्रोतका अनुसार आज सोमबार राती र भोलि मंगलबार चन्द्रागिरिमै छलफल गरेर त्यहाँबाट सिधै केन्द्रीय सदस्यहरुको सनाखतका निर्वाचन आयोग जाने उनले जानकारी दिएका छन् ।

यो पनि पढ्नुहोस्

यस्तो छ माधव नेपालको नेकपा (एकीकृत समाजवादी) को घोषणा पत्र र नियमावली

एमालेको स्थायी कमिटि बैठक आज बस्दै, तेस्रो धारका नेताहरु पनि सहभागी हुने

चन्द्रागिरी रिसोर्टवाट मध्यरातमा माधव नेपालले किन गरे ट्वीट ?

बेइमानीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’का भ्रमपूर्ण समाचार सार्वजनिक : माधव नेपाल

ओली र तेस्रो धारका नेताहरुले भड्काउने त्रासले नेपालले लागे नेताहरुलाई चन्द्रागिरी रिसोर्टमा

माधव नेपालसहितका नेताहरु एक्कासी पुगे चन्द्रागिरी रिसोर्टमा


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !