काठमाडौँ । लामो रस्साकस्सी पछि अन्तत: जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । जसपाको उपेन्द्र यादव पक्षको कारबाहीमा परेका महन्थ ठाकुरले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् ।
ठाकुर पक्ष विभाजन भएर बनेको नयाँ पार्टीको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’ राखिएको छ भने चुनाव चिन्ह ‘साइकल’ राखिएको छ । साथै पार्टीको झण्डामा तीन रंग रहनेछ । नवगठित पार्टीका नेता राजेन्द्र महतोले जसपा लोकतान्त्रिक दर्ताका लागि सांसदहरु निर्वाचन आयोगमा उपस्थित भएको जानकारी दिए ।
राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा नयाँ दल दर्ताको लागि जसपाको ठाकुर पक्षले निवेदन दिएको हो । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै नेकपा (एमाले) को ठाकुर पक्षलाई पार्टी विभाजनको लागि सहज भएको हो ।
राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।
यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।
यो पनि पढ्नुहोस्
अन्तत: फुट्यो एमाले, दल दर्ताको लागि नेपालले दिए आयोगमा निवेदन
ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !
नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह ‘खुला किताब’ !
राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी
अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष