१२ आश्विन २०८१, शनिबार

ठाकुरले दर्ता गर्ने दलको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’, चुनाव चिन्ह ‘साइकल’ !


महन्थ ठाकुर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दर्ता गर्ने दलको नाम र चुनाव चिन्ह टुंगो लगाएको छ । (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै दलविहीन भएको महन्थ ठाकुर समूहले नयाँ पार्टीको नाम टुंग्याएको हो ।

ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले दिएको जानकारी अनुसार पार्टीको नाम ‘जसपा नेपाल (लोकतान्त्रिक)’ राख्ने भएको छ भने चुनाव चिन्ह ‘साइकल’ राख्ने निर्णय भएको हो ।

ठाकुर पक्षले राष्ट्रपति भण्डारीले आज बुधबार दिउसो राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेसँगै निर्वाचन आयोगमा आजै नयाँ दल दर्ताको तयारी गरेको हो । राष्ट्रपतिले यो अध्यादेश जारी गरेसँगै (जसपा) नेपालको ठाकुर पक्षलाई अव पार्टी विभाजन गर्न सहज भएको हो ।

राजनीतिक दल विभाजन सम्बन्धी शेरबहादुर देउवा सरकारले ल्याएको अध्यादेश जारी गर्नको लागि हिजो राष्ट्रपति कार्यालय शीतल निवास पुगेको थियो । हिजो बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । तर सरकारले राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

यो पनि पढ्नुहोस्

नेपालले दर्ता गर्ने दलको नाम ‘नेकपा एमाले (समाजवादी)’, चुनाव चिन्ह ‘खुला किताब’ !

राष्ट्रपतिले अध्यादेश जारी गरेसँगै आयोगमा आजै दुई नयाँ दल दर्ताको तयारी

अध्यादेश जारी भएसँगै दल दर्ताको लागि आयोग जाने तयारीमा महन्थ ठाकुर पक्ष

राष्ट्रपति भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !